काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले काठमाडौं उपत्यकाको फोहरकाे दीर्घकालीन व्यवस्थापन गर्नका लागि आवश्यक सहयोग गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग आग्रह गरेका छन् ।
२९औँ महानगर दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले काठमाडौं उपत्यकाको फोहरको दिगो व्यवस्थापनका लागि महानगरपालिका, प्रदेश सरकार र सङ्घीय सरकारको भूमिका उत्तिकै रहेकाले सबैले सहयोग गरिदिन आग्रह गरे । उनले अबको साढे तीन वर्षभित्र फोहरको समस्या समाधान हुनेमा आफू आशावादी रहेको बताए । मेयर शाहले तीनकुनेको मुआब्जाको समस्यालाई समाधान गर्न सहयोग गरिदिन प्रधानमन्त्रीसँग आग्रह गरेका छन् ।
उनले भने, ‘हामीले गर्ने कामहरु केही अझै बाँकी छन् । काठमाण्डाै महानगरपालिकाले वाचा गरेका कामहरु धेरै बाँकी छन् । तीमध्ये तीन वटा विशेष कामहरु जुन, तीनकुनेको मुआब्जाको समस्या, खोला अतिक्रमणको समस्या छ, फोहर व्यवस्थापनको दीर्घकालीन ५०, सय र हजार वर्षको लागि व्यवस्थापन गर्नुपर्ने समस्या छन् । महानगरपालिका, प्रदेश सरकार र सङ्घ सरकारले मिलेर यी तीनकुराको व्यवस्थापन गर्न सकोस् । साढे तीन वर्ष भित्र यो सम्पन्न हुनेछ भन्ने आशा छ ।’
मेयर शाहले काठमाडौं उपत्यकामा खोला अतिक्रमणको समस्या समाधानका लागि पनि सङ्घ सरकारसँग आग्रह गरेका छन् ।


प्रतिक्रिया