कांग्रेस महासमिति बैठक फागुन ७ देखि १० सम्म

कांग्रेस महासमिति बैठक फागुन ७ देखि १० सम्म



काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठक फागुन ७ गतेदेखि १० सम्म बस्ने भएको छ ।

शुक्रबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले महासमिति बैठक फागुन ७ देखि १० गतेसम्म गर्ने निर्णय गरेको नेता रमेश लेखकले जानकारी दिए ।

सभापति शेरबहादुर देउवाले राष्ट्रिय सभा सदस्य निर्वाचन र जाडो यामलाई कारण देखाएर बैठक सार्ने प्रस्ताव गरेका थिए । कांग्रेसले यसअघि पुस १६ देखि १९ सम्म महासमिति बैठक गर्ने निर्णय गरेकोमा त्यसलाई परिवर्तन गरेर फागुनमा पुर्याएको हो ।

योसँगै कांग्रेसको महासमिति बैठक तेस्रो पटक सरेको हो । यसअघि पहिलो पटक मंसिर २९ देखि पुस २ सम्म महासमिति बैठक गर्ने केन्द्रीय समितिले निर्णय गरेको थियो । तर, सो मितिमा गर्न नसकिने भन्दै सारेर पुस १६ देखि १९ सम्म पुर्‍याएको थियाे ।