काठमाडौं । आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि १२ दलले दर्ताको निवेदन दिएका छन् । संविधानको धारा २७१ बमोजिम निर्वाचनमा सहभागी हुन चाहने दलले शुक्रबार कार्यालय समयभित्र दल दर्ता गरिसक्नु पर्ने आयोगले जनाएको थियाे ।
जसमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय प्रजतान्त्र पार्टी (राप्रपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसापा), नागरिक उन्मुक्ति, राष्ट्रिय जनमोर्चा (राजमो), नेपाल मजदुर किसान पार्टी (नेमकिपा) छन् ।
माघ ११ गते १९ पदका लागि निर्वाचन हुँदैछ । फागुन २० गतेबाट २० पद रिक्त हुने भए पनि एकजना राष्ट्रपतिले मनोनयन गर्नेछन् ।
दल दर्तापछि पुस १ गते दललाई चुनाव चिह्न दिने र पुस ४ गते दर्ताको सूची राजपत्रमा प्रकाशनका लागि पठाइने आयोगको कार्यतालिकामा उल्लेख छ ।


प्रतिक्रिया