लिबियाको समुद्री तटमा डुंगा दुर्घटना हुँदा ६० बढी आप्रवासीको मृत्यु

लिबियाको समुद्री तटमा डुंगा दुर्घटना हुँदा ६० बढी आप्रवासीको मृत्यु


ग्लोब नेपाल
54
Shares

लिबियाको समुद्री तटमा डुंगा दुर्घटना हुँदा ६० भन्दा बढी आप्रवासीको मृत्यु भएको अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम) ले जनाएको छ ।

डुंगामा करिव ८६ जना सवार रहेको दुर्घटनामा बाँचेकाहरूलाई उद्धृत गर्दै आइओएमले जनाएको छ । उच्च समुद्री छालले डुङ्गा बगाएपछि बालबालिकासहित ६१ आप्रवासी बेपत्ता भएको र उनीहरुको मृत्यु भएको अनुमान गरिएको छ ।

लिबिया भूमध्यसागर पार गरी युरोप प्रवेश गर्ने आप्रवासीहरूको मुख्य प्रस्थान बिन्दु हो । यो वर्ष मात्र समुद्र पार गर्ने क्रममा करिव २२ सय मानिस डुबेको बताइएको छ ।

पछिल्लो घटनाका अधिकांश पीडितहरू नाइजेरिया, गाम्बिया र अन्य अफ्रिकी देशका रहेको एएफपी समाचार संस्थाले उल्लेख गरेको छ । दुर्घटनामा बचेका २५ जनालाई चिकित्सा सहायता सहित लिबियाको हिरासत केन्द्रमा स्थानान्तरण गरिएको छ ।