राष्ट्रपतिद्वारा थाइल्याण्डका लागि नेपाली राजदूतमा वली नियुक्त

राष्ट्रपतिद्वारा थाइल्याण्डका लागि नेपाली राजदूतमा वली नियुक्त



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले थाइल्याण्डका लागि नेपाली राजदूतमा धनबहादुर वलीलाई नियुक्त गरेका छन् ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले सोमबार उनलाई थाइल्यान्डको राजदूतमा नियुक्त गरेका हुन् । राष्ट्रपति पौडेलले संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा वलीलाई थाइल्याण्ड अधिराज्यका लागि आवासीय राजदूतमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।