प्रधानमन्त्रीज्यू तपाईंको रिपोर्ट कार्ड चाहियो : शेखर कोइराला

प्रधानमन्त्रीज्यू तपाईंको रिपोर्ट कार्ड चाहियो : शेखर कोइराला



काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को रिपोर्ट कार्डको माग गरेका छन् ।

नेता कोइरालाले पुस ५ देखि १० गतेसम्म प्रधानमन्त्रीले काठमाडौं नछोड्न मन्त्रीहरुलाई भनेको आफूले सुनेको बताए ।

उनले भने, ‘सरकारको कामकारबाहीको कुरा आइराखेको छ । मैले सुनेको अर्थमन्त्रीजी यही हुनुहुन्छ । पुस ५ देखि १० गतेसम्म प्रधानमन्त्रीले काठमाडौँ नछाड्नु भनेको मैले सुनेको छु । रिपोर्ट कार्ड हेर्ने होला । म त प्रधानमन्त्रीको रिपोर्ट कार्ड मागिरहेको छु । देशको प्रधानमन्त्रीले कस्तो काम गर्नुभयो भन्ने कुरा हुन्छ । अनि प्रधानमन्त्रीले रिपोर्ट कार्ड लिने ? हामीले प्रधानमन्त्रीको रिपोर्ट कार्ड लिने हो । प्रधानमन्त्रीज्यू तपाईँको रिपोर्ट कार्ड हामीलाई चाहिएको छ ।’

संसदीय व्यवस्थामा मन्त्रीले गरेको जस/अपजसको भागिदार पनि प्रधानमन्त्री हुने नेता कोइरालाले बताए ।

उनले अहिले गणतन्त्रमाथि देशभर आक्रमण भएको पाइएको बताए । जनताको निराशा र आक्रोश गणतन्त्र, सङ्घीयताप्रति नभई नेतृत्वप्रति भएको उनको बुझाइ छ ।