काठमाडौं । नेपाल अटोमोबाइल्स एसोसिएसन (नाडा)को अध्यक्षमा करण चौधरी सर्वसम्मत चयन हुने भएका छन् । मंगलबार नाडाका पदाधिकारीसहितको बैठकले चौधरीलाई पूर्ण कार्यकालका लागि अध्यक्ष बनाउने सहमति गरेको नाडाका वर्तमान महासचिव सुरेन्द्रकुमार उप्रेतीले जानकारी दिए ।
सीजी होल्डिङ्सका कार्यकारी निर्देशक चौधरीलाई प्रतिस्पर्धी गोल्छा ग्रुपका आकाश गोल्छा र सिप्रदी ट्रडिङका सीईओ राजनबाबु श्रेष्ठले समर्थन गरेका हुन् ।
नाडा अटोमोबाइल्स एशोसिएनस अफ नेपालले पुस २० र २१ गते ४७औँ वार्षिक साधारण सभा र निर्वाचन गर्ने भएको छ ।
अध्यक्ष सर्वसम्मत भएपछि अब २४ जना केन्द्रीय कार्य समिति सदस्य छानिने छन् । ती सदस्यले उपाध्यक्षलगायत पदाधिकारी छान्ने छन् ।


प्रतिक्रिया