प्रधानमन्त्री कप : कर्णाली माथि कोशीको सानदार जित

प्रधानमन्त्री कप : कर्णाली माथि कोशीको सानदार जित



काठमाडौं । प्रधानमन्त्री कप महिला टि–२० क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा कोशी प्रदेशले कर्णाली प्रदेशलाई पराजित गरेको छ । कोशीले कर्णालीलाई १० विकेटले हराएको हो ।

मूलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज टस जितेर पहिला ब्याटिङ रोजेको कर्णालीले १६ ओभरमा नौ विकेट गुमाउँदै ३३ रन मात्र बनायो । कोशीले ३४ रनको सामान्य विजयी लक्ष्य तीन दशमलव एक ओभरमा विकेट नगुमाइकन पूरा गर्‍यो ।

कोशीका लागि कप्तान रुविना क्षेत्रीले अजिविजित २५ रन बनाइन् । उनले १७ बल खेल्दै ६ चौका प्रहार गरिन् । यस्तै काजोल श्रेष्ठले अविजित पाँच रन बनाइन् ।

यसअघि ३४ रन बनाउने क्रममा कर्णालीका लागि किरण कुँवरले नौ तथा बीना थापा र राक्षी खड्काले समान आठ आठ रन बनाइन् । बलिङतर्फ कोशी प्रदेशकी अप्सरी बेगमले तीन, एलिशा खडियाले दुई तथा सवनम राई, निशा शाह र रुविना क्षेत्रीले एक एक विकेट लिइन् ।