प्रधानमन्त्री कप : कोशी प्रदेशको लगातार दोस्रो जित

प्रधानमन्त्री कप : कोशी प्रदेशको लगातार दोस्रो जित



काठमाडौं । कोशी प्रदेशले प्रधानमन्त्री कप महिला क्रिकेटमा लगातार दोस्रो जित हात पारेको छ । कीर्तिपुर क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा कोशीले बागमती प्रदेशलाई ८ विकेटले हरायो ।

पहिला ब्याटिङ गरेको बागमतीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ८७ रन जोडेको थियो । बागमतीका यसोदा विष्टले ४१ र अस्मिना कर्माचार्यले २४ रन बनाए । अन्य ब्याटरले दोहोरो अंक छुन सकेनन् । कोशीका सबनम राई र अप्सरी बेगमले २/२ विकेट लिए ।

कोशीले १८.१ ओभरमा २ विकेट गुमाएर ९२ रन जोड्यो । विजयी टोलीका काजल श्रेष्ठ र अप्सरा बेगमले ४१/४१ रन जोडे ।