प्रधानमन्त्री कप महिला क्रिकेट : गण्डकीकाे पहिलाे जित

प्रधानमन्त्री कप महिला क्रिकेट : गण्डकीकाे पहिलाे जित



काठमाडौं । प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियाेगितामा गण्डकी प्रदेशले पहिलाे जित निकालेकाे छ ।

आज शुक्रवार मूलपानी क्रिकेट मैदानमा भएकाे खेलमा गण्डकीले कर्णाली प्रदेशलाई ४४ रनले हरायाे । गण्डकीले दिएकाे १ सय ४२ रनकाे लक्ष्य पछ्याएकाे कर्णालीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ९७ रनमात्र बनाउन सक्याे । कर्णालीका लागि गाैरी बाेहाेराले सर्वाधिक २६ रन बनाइन् । बलिङतर्फ गण्डकीकी रचना चाैधरीले २ विकेट लिइन् ।

यसअघि टस जितेर ब्याटिङ गरेकाे गण्डकीले निर्धारित २० ओ‌भरमा ६ विकेट गुमाएर १ सय ४१ रन बनायाे । गण्डकीका लागि अञ्जली विश्वकर्मा र ज्याेत्स्निका मरासिनीले अर्धशतक बनाए । अञ्जली ४८ बलमा ५१ र ज्याेत्स्निका ४० बलमा ५० रन बनाएर आउट भइन् । बलिङतर्फ कर्णालीकी यमुना थारु र अञ्जु गुरुङले समान २ विकेट लिए ।

याे जितसँगै गण्डकी २ खेलमा २ अङ्कसहित तालिकाकाे चाैथाे स्थानमा छ । गण्डकी पहिलाे खेलमा लुम्बिनीसँग ४ विकेटले पराजित भएकाे थियाे । कर्णाली लगातार दाेस्राे हारसहित तालिकाकाे पुछारमा छ ।