एकै घरका दुई महिला जंगलमा मृत फेला

एकै घरका दुई महिला जंगलमा मृत फेला


ग्लोब नेपाल
54
Shares

नवलपुर । पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–१ को खहरे जंगलमा दुई महिलाको शव फेला परेको छ । स्थानीय ५९ वर्षीय मनादेवी पौडेल र २९ वर्षीय विष्णु पौडेलको शव जंगलमा भेटिएको हो ।

आइतवार दिउँसो सासु बुहारी घास काटन् जंगल गएकोमा अवेर साँझसम्म पनि घर नफर्किए पछि खोजी गर्ने क्रममा गए राति ११ वजे जंगलमा दुवै जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक बेदबहादुर पौडेलले जानकारी दिए ।

मृतक दुवैजनाको कम्परा र पछाडीपट्टि ढाडमा चोट रहेकाले स्थानीयले बाघले आक्रमण गरेको अनुमान गरे पनि पोष्टमाटमपछि मात्र यथार्थ खुल्ने प्रहरी नायव उपरीक्षक पौडेलले बताए ।

घटनाको बारेमा अनुसन्धान कार्य शुरु गरी दुवै शवलाई पोष्टमाटमका लागि मध्यविन्दु जिल्ला अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।