मोरङमा कैद भुक्तान गरेर छुट्ने दिनमै कारागारमा कैदीको मृत्यु

मोरङमा कैद भुक्तान गरेर छुट्ने दिनमै कारागारमा कैदीको मृत्यु


ग्लोब नेपाल
54
Shares

काठमाडौं । कैद भुक्तान गरेर छुट्ने दिनमै मोरङ कारागारमा एक कैदीको मृत्यु भएको छ । लेनदेन ठगी मुद्दामा कैद भुक्तान गरिरहेका विराटनगर महानगरपालिका–१० का चण्डेश्वर सहनीको कैद भुक्तान अवधी आज सकिंदै थियो । आजै छुट्ने तयारीमा रहेका सहनीको बिहान करिब साढे ६ बजे उनको मृत्यु भएको हो । पेट पोल्ने र श्वासप्रश्वासमा समस्या भएपछि शुक्रबार कारागार प्रशासनले उनलाई कोशी अस्पताल ल्याएको थियो ।

अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिएका छन । उनका अनुसार सहनी कैद भुक्तान गरी आज छुट्ने दिन रहेको थियो ।

छुट्ने दिन नै आफन्तको मृत्युपछि उनका आफन्त आक्रोशति भएका छन । सहनीको मृत्युपछि मात्रै कारागारले परिवारलाई जानकारी गराएको थियो । जिल्ला कारागार मोरङका निमित्त जेलर कृष्णहरि न्यौपानेले सम्पर्क नम्बर गलत हुँदा आफन्तलाई जानकारी दिन ढिलो भएको जानकारी दिएका छन ।

लेनदेन मुद्दामा उनलाई मोरङ अदालतले २०७८ मंसिर २० गते १० महिना २२ दिन कैद सजाय सुनाएको थियो । अदालतले फैसलापछि फरार उनी २०७९ माघ १७ गते कारागार चलान भएका थिए ।