रौतहटमा एकैदिन १० जना फरार प्रतिवादी पक्राउ

रौतहटमा एकैदिन १० जना फरार प्रतिवादी पक्राउ



रौतहट । रौतहट प्रहरीले एकैदिन १० जना फरार प्रतिवादी पक्राउ गरेको छ ।

अदालतबाट कैद तथा जरिवाना सजाय भई फरार रहेका १० जना प्रतिवादीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ ।

पक्राउ पर्नेमा रामप्रवेश चौधरी कलवार, लालो देवी, भगत चौधरी, शिव चौधरी, रामपती देवी, रामविचारी चौधरी, कपिलदेव चौधरी, भगवनीया देवी चौधरी र इनरवतिदेवी चौधरी रहेको प्रहरीले जानकारी दिएकाे छ । उनीहरुलाई आवश्यक कारबाहीको लागि रौतहट जिल्ला अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले बताएकाे छ ।