सुदूरपश्चिमले बागमतीलाई ६ विकेटले हरायाे

सुदूरपश्चिमले बागमतीलाई ६ विकेटले हरायाे



काठमाडौँ । प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियाेगितामा सुदूरपश्चिम प्रदेशले बागमती प्रदेशलाई हराएकाे छ । आज साेमवार भएकाे खेलमा सुदूरपश्चिमले बाग्मतीलाई ६ विकेटले हरायाे ।

बागमतीले दिएकाे ८८ रनकाे लक्ष्य सुदूरपश्चिमले १९ ओभरमा ४ विकेट गुमाएर भेटायाे । सुदूरपश्चिमका लागि विन्दु रावलले २८ र कविता जाेशीले नट आउट २७ रन बनाइन् । बलिङतर्फ बागमतीकी अस्मिना कर्माचार्य र साेनी पाख्रिनले समान १ विकेट लिइन् ।

यसअघि कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेकाे बागमतीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ८७ रन बनायाे । बागमतीका लागि कञ्चन श्रेष्ठले १९ र हेलिशा गुरुङले १६ रन बनाइन् । बलिङतर्फ सुदूरपश्चिमकी लक्ष्मी साउद र कविता जाेशीले समान २ विकेट लिइन् ।

याे जितसँगै सुदूरपश्चिम ४ खेलमा ६ अंकसहित तालिकाकाे तेस्राे स्थानमा छ । ४ खेलमा ४ अंक भएकाे बागमती चाैथाे स्थानमा छ ।