काभ्रेमा हिटर बालेर सुतेका पूर्ववडाध्यक्षको मृत्यु, श्रीमती अचेत

काभ्रेमा हिटर बालेर सुतेका पूर्ववडाध्यक्षको मृत्यु, श्रीमती अचेत


ग्लोब नेपाल
54
Shares

काभ्रे । काभ्रेको नमोबुद्ध नगरपालिकामा हिटर र फलामको कराइमा आगो बालेर सुत्दा पूर्ववडाध्यक्षको मृत्यु भएको छ ।

मृत्यु हुनेमा नमोबुद्ध नगरपालिका वडा -१ का ८२ वर्षीय कर्मा ग्याल्बो लामा रहेका छन् । लामा नगरपालिका वडा नम्बर – १ का पूर्ववडा अध्यक्षसमेत हुन् । उनीसँगै सुतेका श्रीमती ८१ पर्षीया असनी लामालाई भने बेहोस अवस्थामा अस्पताल भर्ना गरी उपचार भइरहेको काभ्रे प्रहरीले जानकारी दिएको छ ।

राति खाना खाएपछि कोठा न्यानो पार्न हिटर र फलामको कराइमा आगो बालेर उनीहरु सुतेका थिए । बिहान अबेरसम्म पनि नउठे पछि छोरा बुहारीले ढोका खोलेर हेर्दा दुवै जना बेहोस अवस्थामा भेटिएका थिए । तत्काल धुलिखेल अस्पताल पुर्‍याइएकामा बुबा कर्मालाई केहीबेरमा अस्पतालले मृत्यु भएको घोषणा गरेको थियो ।

लामाकी श्रीमतीको अवस्था मध्यम रहेको र उपचार जारी रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी एवम् प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।