कोशीबाट राष्ट्रियसभा उम्मेदवारमा सिटौलासहित पूर्वमन्त्रीहरूको नाम सिफारिस

कोशीबाट राष्ट्रियसभा उम्मेदवारमा सिटौलासहित पूर्वमन्त्रीहरूको नाम सिफारिस



विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेश समितिले राष्ट्रियसभा निर्वाचनमा सम्भावित उम्मेदवारको नाम सिफारिस गरेको छ ।

विराटनगरमा प्रदेश समितिका सभापति उद्धव थापाको सभापतित्वमा बसेको बैठकले जिल्लागत रूपमा आएका सिफारिसलाई आधार बनाइ केन्द्रीय समितिमा नाम सिफारिस गरेको हो ।

कांग्रेस कोसी प्रदेश समितिको सूचना तथा सञ्चार समितिका संयोजक बासु कोइरालाका अनुसार सिफारिस हुनेमा संघीय सरकारमा यसअघि मन्त्री भइसकेका चारजना सिफारिसमा परेका छन् । पार्टीका पूर्वमहामन्त्री तथा पूर्वउपप्रधानमन्त्री कृष्णप्रसाद सिटौला, पूर्वमन्त्री महेश आचार्य, डा. मीनेन्द्र रिजाल र सुजाता कोइरालाको नाम सिफारिस भएको छ ।

यसैगरी पूर्वसंघीय सांसद डिला संग्रौला, नेविसंघ पूर्वसभापति गुरुराज घिमिरे, उमेशजंग रायमाझी, आङ्गेलु शेर्पा र रुक्मिणी कोइरालाको पनि नाम सिफारिसमा परेका छन् ।

राष्ट्रियसभा निर्वाचन आगामी माघ ११ गते हुने निर्वाचन आयोगले जनाएको छ ।