प्रधानमन्त्री कप क्रिकेट : काेशीले गण्डकीलाई ५५ रनले हरायाे

प्रधानमन्त्री कप क्रिकेट : काेशीले गण्डकीलाई ५५ रनले हरायाे



काठमाडौँ । प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा काेशी प्रदेशले गण्डकी प्रदेशलाई ५५ रनले हराएकाे छ ।

मूलपानी क्रिकेट मैदानमा भएकाे खेलमा काेशीले दिएकाे १ सय ४ रनकाे लक्ष्य पछ्याएकाे गण्डकी १५ ओभरमा ४८ रन बनाउँदा अल आउट भयाे । गण्डकीका लागि सुमन खतिवडाले नट आउट २१ रन बनाइन् । बलिङतर्फ काेशीकी कप्तान रुबिना क्षेत्रीले ३ तथा सङ्गीता राई र एलिशा खडियाले समान २ विकेट लिइन् ।

यसअघि टस जितेर ब्याटिङ गरेकाे काेशीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३ रन बनायाे । काेशीका लागि बिमला मलहाले २५, सङ्गीता राईले नट आउट २३ र लकिता राजवंशीले २२ रन बनाइन् । बलिङतर्फ गण्डकीकी कुसुम गाेदार सृष्टि जैसीले समान २ विकेट लिइन् ।

काेशी याे जितसँगै ५ खेलमा ८ अंकसहित तालिकाकाे दाेस्राे स्थानमा छ । गण्डकी ५ खेलमा २ अंकसहित तालिकाकाे छैटाैँ स्थानमा छ ।