राष्ट्रिय सभा निर्वाचनमा अभिनेता शाहलाई उम्मेदवार बनाउन सिफारिस

राष्ट्रिय सभा निर्वाचनमा अभिनेता शाहलाई उम्मेदवार बनाउन सिफारिस



काठमाडौँ । नेपाली कांग्रेस बागमती प्रदेश समितिले राष्ट्रिय सभा सदस्य उम्मेदवारका लागि वरिष्ठ फिल्म निर्देशक तथा अभिनेता नीर शाहको नाम सिफारिस गरेकाे छ ।

राष्ट्रिय सभा सदस्यको उम्मेदवार हुन मंगलबारसम्म ९० जनाले नाम टिपाएका थिए । अन्तिम दिन बुधबार शाहले पनि नाम टिपाएका हुन् ।

शाहसहित बागमती प्रदेशबाट ९१ जनाको नाम सिफारिस भएको छ । राष्ट्रिय सभा चुनाव माघ ११ गते हुँदैछ । पुस २३ गते उम्मेदवारी दर्ताको तालिका छ ।