काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय समिति बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दै छ ।
साे बैठकलाइ कांग्रेसले ‘लाइभ’ नगर्ने भएको छ । पार्टी प्रचार विभाग प्रमुख मीन विश्वकर्माले प्राविधिक कारण आजको बैठक लाइभ नहुने जानकारी दिए ।
कांग्रेसले साउन र असोजमा भएको केन्द्रीय समिति बैठक फेसबुक पेजमा लाइभ गरिएको थियो ।
विश्वकर्माका अनुसार बैठकमा सरकारको एक वर्षको समीक्षा हुने छ । त्यस क्रममा पार्टीबाट सरकारमा सहभागी भएका मन्त्रीहरूको कार्यसम्पादनको समेत समीक्षा हुने बताइएकाे छ ।
त्यसैगरी बैठकले राष्ट्रियसभा उम्मेदवार छनोटको मापदण्ड बनाउने बताइएकाे छ । आगामी माघ ११ मा हुने राष्ट्रियसभा निर्वाचनमा केन्द्रीय कार्यसमितिले बनाएको मापदण्डका आधारमा उम्मेदवार छनोट गरिने छ ।


प्रतिक्रिया