हर्क साम्पाङले कार्यकक्षबाट हटाए राष्ट्रपति-प्रधानमन्त्रीको तस्बिर

हर्क साम्पाङले कार्यकक्षबाट हटाए राष्ट्रपति-प्रधानमन्त्रीको तस्बिर



विराटनगर । धरान उपमहानगरपालिकाका नगर प्रमुख हर्क साम्पाङले आफ्नो कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर हटाएका छन् ।

उनले हिजो बुधबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै यसबारे पूर्वघोषणा गरेका थिए । त्यसैबमोजिम उनले आज राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाउदै किराँती राजा यलम्बरको फोटो टाँगेका छन् ।

मेयर साम्पङले सामाजिक सञ्जालमा लेखेका थिए, ‘भोलि म राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएर यलम्बरको फोटो राख्दैछु ! जुन दिन केन्द्रले धरानलाई महत्व दिन्छ त्यो दिन पुनः उनीहरूको फोटो टाँस्नेछु ! जय देश ।’

केही दिनअघि साम्पाङले सामाजिक सञ्जालमा स्टाटस लेख्दै धरानलाई स्वतन्त्र राज्य बनाउने धम्की समेत दिएका थिए ।