काठमाडौँ । नेपाली कांग्रेसकाे केन्द्रीय समिति बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी छ । बैठकमा पार्टीबाट सरकारमा गएका मन्त्रीहरुको कामको समीक्षा, आगामी पुस १६ गते पार्टीले मेलमिलाप दिवस मनाउने सम्बन्धमा, महासमिति बैठकको तयारीलगायतका विषयमा छलफल हुने बताइएकाे छ ।
बैठकले राष्ट्रियसभा निर्वाचनमा आवश्यक मापदण्ड र पार्टीले यसअघि नै सुरू गरेको समुदायमा कांग्रेस अभियानका सम्बन्धमा समेत छलफल हुने भएकाे छ । बैठकको एजेण्डा हिजो सभापति शेरबहादुर देउवाले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग छलफल गरेर टुंग्याएका थिए ।


प्रतिक्रिया