कांग्रेसकाे जारी केन्द्रीय समिति बैठकमा पूर्व गृहमन्त्री खाँण सहभागी

कांग्रेसकाे जारी केन्द्रीय समिति बैठकमा पूर्व गृहमन्त्री खाँण सहभागी



काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाँण पार्टीको जारी केन्द्रीय समिति बैठकमा दोस्रो दिन सहभागी भएका छन् ।

बिहीबारदेखि सुरु भएको केन्द्रीय समितिको बैठकमा उनी पहिलो दिन भने उपस्थित भएनन् ।

गत वैशाख २७ गते नक्कली भुटानी शरणार्थी प्रकरण प्रक्राउ परेका खाँण ७ महिनापछि मंसिर २९ मा रिहा भएका थिए । खाँण पुर्पक्षका लागि थुनामा रहँदा यस विचमा कांग्रेसका दुई केन्द्रीय समिति बैठक बसेको थियो ।

पुर्पक्षका लागि खाँण थुनामा रहेपछि उनलाई पार्टीबाट निलम्बन गर्नुपर्ने र गर्नहुन्न् भन्ने दुई धार देखिएको थियो । संस्थापन पक्षका नेताहरु खाँणलाई निलम्बन गर्न नहुने तर्क राख्दै आएका थिए । तर पार्टीले खाँणलाई निलम्बन गरेन ।