बालुवाटारमा गठबन्धनका शीर्ष नेताहरूको बैठक

बालुवाटारमा गठबन्धनका शीर्ष नेताहरूको बैठक



काठमाडौँ । राष्ट्रियसभा सदस्य निर्वाचनमा सिट बाँडफाँडबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक अहिले जारी छ । बालुवाटारमा केही बेरअघिबाट सुरु भएको गठबन्धनका शीर्ष नेताहरूको बैठकमा राष्ट्रियसभा सदस्यका लागि कुन दलबाट कति उम्मेदवार उठाउने भन्ने बारेमा छलफल भइरहेकाे नेताहरूले बताएका छन् ।

साथै समसामयिक राजनीतिक घटनाक्रम बारेमा समेत छलफल हुनेछ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एसका अध्यक्ष माधव नेपाललगायत नेताहरू सहभागी छन् ।