ओलीले डडेलधुरा पुगेर सम्झे देउवालाई

ओलीले डडेलधुरा पुगेर सम्झे देउवालाई



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच फोन वार्ता भएको छ । मध्य पहाडी लोकमार्ग पदयात्राको क्रममा विहिबार साँझ देउवाको गृहजिल्ला डडेलधुराको गन्याधुरा नजिक पुगेर ओलीले देउवासँग मोबाइलफोनबाट कुराकानी गरेका हुन् । सभापति देउवाको घर गन्याधुरा गाउँपालिकामै पर्छ ।

करिब ४० सेकेण्ड कुराकानी भएको भिडियो ओलीले सामाजिक सञ्जाल फेसबुकको आफ्नाे पेजमा पोष्ट गरेका छन् । उनले ‘जय नेपाल’ भन्दै कुराकानी सुरु गरेका छन् । ओलीले आफू डडेलधुरा बजार भन्दा केहि तल गन्याधुरा नजिकै बास बसेको देउवालाई जानकारी गराएका छन् ।

कुराकानीमा ओलीले भने, “डडेलधुरा बजार भन्दा अलिक तल बस्या छौं, गन्याधुराको छेवैबाट फोन गरेको, राम्रो छ यतातिर, तपाईँको जिल्लामा आएको बेला यसो सम्झेको नि, (देउवाले केहि भनेपछि) थ्याङक्यु, अनि तेता सबै राम्रो छ नि ?”

हेर्नुस् फोन संवाद-

https://www.facebook.com/share/v/gZQYjXHbMxRT1vsZ/