आगलागी उद्धारका लागि बाराबाट गएका दुई जनाको मृत्यु

आगलागी उद्धारका लागि बाराबाट गएका दुई जनाको मृत्यु


ग्लोब नेपाल
54
Shares

बारा । मकवानपुरको हेटौंडा उपहानगरपालिका–१६ ठूलो आकाशधारा आपघारिस्थित एक घरमा आगलागी भएपछि उद्धारका लागि बाराबाट गएका दुई जनाको दुर्घटनामा मृत्यु भएको छ ।

स्थानीय ताम्बा माईलाको घरमा आगलागी भएपछि उद्धारका लागि रतनपुर बाराबाट गएका स्थानीय ३६ वर्षिय लालबहादुर थिङ र जित बहादुर थिङको मृत्यु भएको हो । उनीहरु ठुलबुवा-भतिज हुन । घटनास्थलतर्फ जाँदै गरेको ट्याक्टर दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको हो ।

आगलागी भएको घर जलेर पूर्णरुपमा नष्ट भएको छ । जस्ताको छानो लगाएको दुई तले घरमा कोही नभएको अवस्थामा विद्युत गडबडी भई आगो लागेको थियो ।