मध्यपहाडी यात्रामा कर्णाली पुगेका ओलीलाई अनुराधाको फोन

मध्यपहाडी यात्रामा कर्णाली पुगेका ओलीलाई अनुराधाको फोन



काठमाडौं । मध्यपहाडी लोकमार्ग केन्द्रित अभियानमा कर्णाली प्रदेश पुगेका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई माइती नेपालकी संस्थापक अध्यक्ष अनुराधा कोइरालाले फोन गरेकी छन् । पूर्वप्रदेश प्रमुख रहेकी कोइरालाले आइतबार साँझ ओलीलाई फोन गरेर अभियानको क्रममा मानव बेचबिखनविरुद्धको मुद्दा उठाइदिन आग्रह गरेकी हुन् ।

ओली अहिले ‘झुलाघाट चिवाभञ्ज्याङ, समृद्धिका लागि संकल्प यात्रा’ को क्रममा दैलेखमा छन् ।

ओलीलाई कोइरालाले फोनमा भनिन्, ‘तपाईं दैलेखमा पुग्नुभएको रहेछ । दैलेख मानव बेचबिखनको सबैभन्दा जोखिम जिल्ला हो । त्यहाँका युवती र बालिकाहरूलाई नेपालगञ्ज ट्रान्जिट बनाएर काठमाडौं ल्याउने गरेका छन् ।’

ओलीलाई कोइरालाले मध्यपहाडी धेरैले बिर्सेको ठाउँमा अभियान चलाएको भन्दै आभार व्यक्त गरेकी छन् ।