हमासद्वारा धेरैपछि इजरायलतर्फ रकेट प्रहार

हमासद्वारा धेरैपछि इजरायलतर्फ रकेट प्रहार



गाजा ।  प्यालेस्टाइनी अतिवादी समुह हमासले इजरायलतर्फ रकेट प्रहार गरेको छ । सामाजिक सञ्जालमा पोष्ट गरिएका भिडियो अनुसार गाजाबाट प्रक्षेपण गरिएका क्षेप्यास्त्रहरूको ब्यारेजलाई तेल अवीव माथिको आकाशमा रोकिएको देखिएको छ । 

उक्त क्षेत्रमा विस्फोटको आवाज पनि सुनिएको थियो । हमासले रकेट प्रक्षेपणको जिम्मेवारी लिएको छ र इजरायली सेनाले सर्वसाधारणको हत्याको जवाफमा आक्रमण गरेको बताएको छ।