गुल्मीमा राहदानी लिनेको संख्या दोब्बरले बृद्धि

गुल्मीमा राहदानी लिनेको संख्या दोब्बरले बृद्धि


ग्लोब नेपाल
54
Shares

गुल्मी । गुल्मी जिल्लामा राहदानी लिनेहरुको संख्या दैनिकजसो बढदै जाँदा सेवाप्रवाहमा समेत समस्या हुँदै आएको छ । अहिले दैनिकजसो दुई सय जनाले राहदानी लिनको लागि दैनिक लाइनमा बस्ने गरेका छन् ।

गुल्मीमा सरदर ४० देखि ५० जनासम्मलाई राहदानीको आवेदन फारम लिन सक्ने जनशक्ति रहेको छ । राहदानी वितरणमा सहजता ल्याउनका लागि प्रशासनले टोकन प्रणाली समेत लागु गरेको छ ।

कार्यालय समय बाहेकको समयमा सय जनासम्मले सेवा लिने गरेको सहायक प्रमुख जिल्ला अधिकारी हरि प्रसाद गैरेले बताए । अहिले प्रशासनमा दैनिक सेवाग्राहीको चापले अघिल्लो दिनको टोकनसमेत वितरण गरिंदै आएको भनाइ छ ।

राहदानी लिनेको संख्या दैनिकजसो बढिरहेको छ, सहायक प्रमुख जिल्ला अधिकारी गैरेले भने, ‘आजको आजै राहदानी बनाउन मुस्किल पर्ने गरेको छ ।’ जसले गर्दा राहदानी वितरणमा समस्या पर्ने गरेको छ ।

आर्थिक वर्ष ०७८/०७९ मा ७ हजार ४ सय ९ जनाले राहदानी लिएका थिए । पछिल्लो युवा जनशक्ति रोजगारिको सिलसिलामा विदेशिने क्रम बढदो छ ।