एकीकृत समाजवादीले सार्‍यो महाधिवेशन

एकीकृत समाजवादीले सार्‍यो महाधिवेशन



काठमाडौं । नेकपा एकीकृत समाजवादीले माघ १४ गते गर्ने भनिएको राष्ट्रिय महाधिवेशन सारेर आगामी जेठमा गर्ने निर्णय गरेको छ ।

पार्टी केन्द्रीय कार्यालयमा मंगलबार बसेको सचिवालय बैठकले २०८१ साल जेठ ३ गतेदेखि ७ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

मदन-आश्रित स्मृति दिवसका दिनदेखि महाधिवेशन काठमाडौंमै सुरू हुनेछ ।

नेकपा एसले एमालेबाट अलग भएपछि पहिलो पटक महाधिवेशन गर्न लागेकाे हाे । राष्ट्रियसभा निर्वाचन माघ ११ गते हुने भए पछि माघ १४ गते हुने भनिएको महाधिवेसन जेठ ३ गतेदेखि ७ गतेसम्म गर्ने भएकाे हाे ।

त्यस्तै सो पार्टीले माघ १४ र १५ मा राष्ट्रिय सम्मेलन गर्ने भएको छ ।

त्यसअघि मंसिर २८ र २९ सचिवालय बैठक, पुस ९ स्थायी कमिटी, १० गते पोलिटब्युरो ११ र १२ केन्द्रीय कमिटी बैठक बस्ने निर्णय भएको प्रमुख खतिवडाले जानकारी दिए ।