मेसी टाइम म्यागाजिनको ‘एथलेट अफ दी इयर’

मेसी टाइम म्यागाजिनको ‘एथलेट अफ दी इयर’



काठमाडौं । अमेरिकी समाचार म्यागाजिन टाइमले प्रदान गर्ने टाइम ‘एथलेट अफ दी इयर’ अवार्डको विजेता अर्जेन्टिनी कप्तान लियोनल मेसी चुनिएका छन् ।

टाइमले हरेक वर्ष प्रभावशाली खेलाडीलाई प्रदान गर्ने यो अवार्ड यस वर्ष मेसीले जितेका हुन् । यसअघि बास्केटबल स्टार लेब्रोन जेम्स, बेसबल स्टार आरेन जज र जिमन्यास्ट सिमोन बिल्सले यो अवार्ड जितेका थिए ।

अर्जेन्टिनालाई ३६ वर्षपछि फिफा विश्वकपको उपाधि दिलाएका मेसी गत महिना बालोन डी ‘अरको समेत विजेता चुनिएका थिए ।

३६ वर्षीय मेसी गत वर्ष कतारमा सम्पन्न विश्वकपमा अर्जेन्टिनालाई च्याम्पियन बनाउँदा प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए । प्रतियोगिताभर कुल सात गोल गरेका मेसीले फाइनलमा फ्रान्सविरुद्ध दुई गोल गरेका थिए ।

स्पेनिस क्लब बार्सिलोनाबाट व्यावसायिक फुटबल करियर सुरु गरेका मेसी फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) हुँदै हाल अमेरिकी मेजर लिग सकर क्लब इन्टर मियामीमा आबद्ध छन् ।