इलामलाई हराउँदै पोखरा शीर्ष स्थानमा

इलामलाई हराउँदै पोखरा शीर्ष स्थानमा



काठमाडौं । नेपाल सुपर लिग एनएसएलमा बुधबार पोखरा थन्डर्सले स्पोर्टिङ इलामलाई हराएको छ ।

दशरथ रंगशालामा भएको खेलमा पोखराले इलामलाई १–० गोल अन्तरले हराएको हो । पोखराको जितमा खेलको ४७ औं मिनेटमा सञ्जिव विष्टले विजयी गोल गरे ।

पहिलो हाफमा इलामले राम्रो प्रर्दशन गरेपनि गोल निकाल्न सकेन । उसका अधिकांश प्रहार पोस्ट लक्षित थिएनन् ।

दोस्रो हाफमा सुधारिएको प्रर्दशन गर्दै खेलमा फर्किएको पोखराले गोलनै गर्न सफल रह्यो । जोइ आइडोको प्रहार पोस्टमा लाग्दै फर्किएको खेलमा सञ्जिवले पोखराका लागि विजयी गोल गरेका थिए ।

इलामलाई हराउँदै पोखरा एनएसएलको शीर्ष स्थानमा उक्लिएको छ । शीर्ष स्थानको पोखराले ४ खेलबाट ८ अंक जोडेको छ ।

इलाम ३ खेलबाट ३ अंक सहित तालिकाको पाँचौं स्थानमा छ ।