एलपीएलमा घोडाघोडी र कैलाली विजयी

एलपीएलमा घोडाघोडी र कैलाली विजयी



धनगढी । कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग एलपिएलको आठौँ संस्करण अन्तर्गत चौंथो दिन सम्पन्न दुई खेलमा घोडाघोडी क्रिकेट एकेडेमी र कैलाली जिल्ला क्रिकेट क्लब विजयी भएका छन् ।

आजको पहिलो खेलमा घोडाघोडी क्रिकेट एकेडेमीले लिटल फ्लावर स्कुललाई ४१ रनले पराजित गर्यो । घोडाघोडीले दिएको १२८ रनको लक्ष्य पछ्याएको लिटल फ्लावरले १६.५ ओभरमा ८६ रनमा सबै विकेट गुमायो । लिटल फ्लावरको लागि मनिष थापाले सर्वाधिक १७ रन बनाए । कृष्ण कार्कीले १५ तथा प्रतिक श्रेष्ठ र कौशल रुपाखेतीले समान ११ रनको योगदान दिए । घोडाघोडीका देब्रे हाते स्पिनर अशोक धामी एक्लैले ५ विकेट लिंदै लिटल फ्लावरको इनिंग्स धरासायी बनाए । प्लेयर अफ द म्याच घोषित उनले ४ ओभरमा १८ रन खर्चिए। नरेश सुनारले २ तथा नभयुग बस्नेतले १ विकेट लिए ।

यस अघि टस जितेर ब्याटिंग गरेको घोडाघोडी क्रिकेट एकेडेमीले १९.५ ओभरमा सबै विकेट गुमाएर १२७ रन बनायो । घोडाघोडीको लागि नरेश सुनारले सर्वाधिक ३४ रन बनाए । बिपिन विक्रम शाहीले २४ तथा कृष कार्कीले २२ रन बनाए । लिटल फ्लावर स्कुलका दिनेश अधिकारीले सर्वाधिक ४ विकेट लिए जुन क्रममा ३.५ ओभरमा १७ रन खर्चिए। कप्तान कृष्ण कार्कीले ३ , कौशल रुपाखेतीले २ तथा बिपिन खत्रीले १ विकेट लिए ।