पशुपति मन्दिर आसपास क्षेत्रमा मासु, मदिरालगायत बिक्री तथा सेवनमा रोक

पशुपति मन्दिर आसपास क्षेत्रमा मासु, मदिरालगायत बिक्री तथा सेवनमा रोक


ग्लोब नेपाल
27
Shares

काठमाडौँ । पशुपतिनाथ मन्दिर परिसर र आसपासका विभिन्न क्षेत्रमा मासु तथा मदिरालगायत बिक्री वितरणमा रोक लगाएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले बालाचतुर्दशी पर्व (शतवीजारोपण पर्व) लाई मध्यनजर गर्दै आजदेखि एक सातासम्म मासु, मदिरा तथा नशालु पदार्थहरू उत्पादन,ओसारपसार, भण्डारण र सेवनमा रोक लगाएको हो।

यो नियम गौशाला मित्रपार्क सडकदेखि पूर्व, पशुपति क्षेत्रको पूर्व सिमानादेखि पश्चिम, गौशाला तिलगंगा चक्रपथदेखि उत्तर, मित्रपार्क–उमाकुण्ड–गौरीघाट हुँदै गुहृयेश्वरीदेखि दक्षिणभित्रका सबै भागमा लागु हुनेछ ।

बालाचतुर्दशी पर्व (शतवीजारोपण पर्व) लाई मध्यनजर गर्दै यी क्षेत्रमा मंसिर २७ गतेसम्म यो नियम लागु हुने जिल्ला प्रशासन कार्यालय काठमाडौँले जनाएको छ ।

कोही कसैले यो सूचनाको बर्खिलाप हुने गरी कुनै काम गरेमा प्रचलित कानुन बमोजिम कारबाही हुने जिल्ला प्रशासन कार्यालय काठमाडौँले चेतावनी दिएको छ ।