एनएसएल : चितवन र बुटवलकाे राेमाञ्चक बराबरी

एनएसएल : चितवन र बुटवलकाे राेमाञ्चक बराबरी



काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) मा चितवन एफसी र बुटवल लुम्बिनी एफसीले राेमाञ्चक बराबरी खेलेका छन् ।

आज बिहीवार त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा भएकाे खेलमा चितवन र बुटवलले १–१ गाेलकाे बराबरी खेल्दै अङ्क बाँडे । दुवै गाेल दाेस्राे हाफमा भएकाे हाे । खेलकाे ४८ औँ मिनेटमा उत्सव राईले गाेल गर्दै चितवनलाई अग्रता दिलाएका थिए । तर खेलकाे ९० औँ मिनेटमा बुटवलका स्टेफाने बिनाेङले गाेल गर्दै खेल १–१ काे बराबरीमा ल्याए ।