एसिया कप क्रिकेटः नेपालले पहिलो विकेट गुमायो

एसिया कप क्रिकेटः नेपालले पहिलो विकेट गुमायो


ग्लोब नेपाल
0
Shares

काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) मा आजदेखि सुरु भएको एसिसी १९ वर्षमुनि (यु–१९) एसिया कप क्रिकेट प्रतियोगितामा पकिस्तान विरुद्धको खेलमा पहिलो विकेट गुमाएको छ । खेलको तेस्रो ओभरमा ओपनर ब्याट्सम्यान तिलक भण्डारी आउट भएका हुन् । अमिर हसनको बल आउटसाइट ऐजमा लागेपछि उनी विकेटकिपर साद बेगद्वारा समातिएका हुन् ।

सातौ ओभरको खेल चलिरहँदा नेपालमा एक विकेटको नोक्सानमा १९ रन जोडेको छ । पाकिस्तानविरुद्ध नेपालले टस हारेपछि ब्याटिङको निम्तो पाएको थियो । प्रतियोगितामा नेपाल समूह ए मा रहेको छ । नेपालको समूहमा पाकिस्तान, भारत र अफगानिस्तान छन् ।