गुल्सल झाले लिए पहिलो ओभरमै विकेट

गुल्सल झाले लिए पहिलो ओभरमै विकेट



काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसीसी यू– १९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपाल र पाकिस्तानबीचकाे खेल भइरहेको छ । जारी खेलमा नेपालले पहिला ब्याटिङ गर्दै १५२ रन बनाएको छ । जवाफी ब्याटिङ गर्न मैदानमा आएको पाकिस्तानले पहिलो ओभरमै विकेट गुमाएको छ ।

नेपालका गुल्सन झाले ओभरको तेस्रो बलमा शामी हसनैनको विकेट लिएका हुन् । यो समाचार तयार पार्दासम्म पाकिस्तानले छ ओभरमा एक विकेट गुमाएर २३ रन बनाएको छ ।