धनगढीमा प्रधानमन्त्रीलाई १० बुँदे मागसहित १० किलोको माला

धनगढीमा प्रधानमन्त्रीलाई १० बुँदे मागसहित १० किलोको माला



धनगढी । कैलालीको धनगढीमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई १० किलोको माला लगाइएको छ ।

कैलाली उद्योग वाणिज्य संघको आयोजनामा धनगढी उपमहानगरपालिका–१ मा सुरु भएको सुदूरपश्चिम महोत्सवको उद्घाटना समारोहमा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री दाहाललाई १० किलोको माला लगाइएको हो ।

महोत्सवको प्रधानमन्त्री दाहालले उदघाटन गरेका हुन् । सो अवसरमा उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले १० बुँदे मागसहित प्रधानमन्त्रीलाई १० किलोको माला लगाएका हुन् ।

कैलाली उद्योग वाणिज्य संघले २०६३ सालदेखि धनगढीमा सुदूरपश्चिम महोत्सव आयोजना गर्दै आएको छ । शुक्रबार महोत्सवको १७ औं संस्करणको अवसरमा प्रधानमन्त्री दाहाललाई १० बुँदे मागपत्र बुझाइएको छ ।