बीबीसीको नयाँ प्रमुखमा भारतीय मूलका शाह

बीबीसीको नयाँ प्रमुखमा भारतीय मूलका शाह


ग्लोब नेपाल
54
Shares

लन्डन । बेलायती सरकारले गत बुधबार बीबीसीको नयाँ प्रमुखका लागि भारतीय मूलका समीर शाहको नाम टुंगो लगाएको थियो ।  सरकारले रिचार्ड शार्पको स्थानमा टिभी पत्रकार समीर शाहलाई नियुक्त गरेको हो । 

रिचर्ड शार्पलाई अप्रिलमा पदबाट हटाइएको थियो, उनको स्थानमा लामो समय पछि शाहलाइ नियुक्ति गरिएको छ, जसलाई संसदीय समितिले अनुमोदन गर्नु पर्नेछ । हाल बीबीसी आर्थिक संकटबाट गुज्रिरहेको बेला सरकारको यो निर्णय आएको हो । बीबीसीले भर्खरै आफ्नो ‘न्यूज नाइट’ कार्यक्रममा कटौतीको घोषणा गरेको छ।

जानकारीका अनुसार ७१ वर्षीय समीर शाहलाई लाइसेन्स शुल्क बढाउन सरकारसँग वार्ता गर्ने जिम्मा दिइएको छ, जहाँबाट बीबीसीले सबैभन्दा बढी रकम प्राप्त गर्छ । बेलायती मिडियाले भर्खरै रिपोर्ट गरेको छ कि प्रधानमन्त्री ऋषि सुनकले वार्षिक शुल्कमा ९ प्रतिशत वृद्धि रोक्ने योजना बनाएको छन, जुन हाल प्रति परिवार १९० डलरमा रहेको छ ।

शाहले ४० वर्ष भन्दा बढी टेलिभिजनमा काम गरेका छन् र बीबीसीमा वर्तमान मामिला प्रमुखसहित धेरै भूमिका सम्हालेको अनुभव रहेको छ। उनले एक विज्ञप्तिमा सरकारको मनपर्ने उम्मेदवारको नाममा आफूलाई खुसी भएको बताएका छन् । 

बीबीसीका प्रवक्ताले भने, ‘समिर शाहलाई बीबीसी प्रमुखको भूमिका निर्वाह गर्न सरकारको मनपर्ने उम्मेद्वारको रूपमा चयन गरिएको घोषणाको हामी स्वागत गर्दछौं र औपचारिक प्रक्रिया पूरा भएपछि उनी बोर्डमा सामेल हुन उत्सुक छन्।’