सेवा लम्साल सचिव बढुवा सिफारिस

सेवा लम्साल सचिव बढुवा सिफारिस


ग्लोब नेपाल
54
Shares

काठमाडौँ । सचिव बढुवा सिफारिस समितिले रिक्त सचिव (विशिष्ट श्रेणी) पदका लागि एक वरिष्ठ सहसचिवको नाम सिफारिस गरेको छ । लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा शुक्रवार सिँहदरवारमा बसेको बढुवा सिफारिस समितिको बैठकले परराष्ट्रतर्फ रिक्त एक सचिव पदका लागि सहसचिव सेवा लम्सालको नाम सिफारिस गरेको हो ।

मन्त्रालयका सचिव भरतराज पौड्याल गत मङ्गलवार उमेर हदका कारण अनिवार्य अवकाश भएसँगै रिक्त हुन पुगेको सचिव पदमा मन्त्रालयकी प्रवक्तासमेत रहेकी सहसचिव लम्सालको एकल सिफारिस भएको हो । सबैभन्दा ज्येष्ठ सहसचिव लम्सालको नाम मात्रै सिफारिस भएको हो ।