त्रिभुवन विमानस्थलबाट साढे ६ किलो सुन बरामद, ३ विदेशी पक्राउ

त्रिभुवन विमानस्थलबाट साढे ६ किलो सुन बरामद, ३ विदेशी पक्राउ


ग्लोब नेपाल
216
Shares

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे ६ किलो सुन बरामद भएको छ । सुनसँगै प्रहरीले इजिप्ट र सुडानका नागरिकलाई पनि पक्राउ गरेको छ ।

शनिबार राति ११ : ५१ बजे काठमाडौंमा अवतरण गरेको फ्लाई दुबईको जहाजमा आएका उनीहरुलाई प्रहरीले चेकजाँचका क्रममा सुनसहित पक्राउ गरेको हो । सुनसहित इजिप्टका नागरिक सरिफ मोहमद लासिमलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीसँग सुन तस्करीमा संलग्न रहेको आशंकामा दुई सुडानी नागरिक पनि पक्राउ परेका छन् ।

तर उनीहरुले सुन तस्करीमा संलग्नता स्वीकार गरेका छैनन् । प्रहरीले बरामद गरेको सुन अर्धठोस अवस्थामा रहेको छ । हाफ ज्याकेटको गोजीमा लुकाएर ल्याइएको सुन भन्सारबाट बाहिरिसकेपछि प्रहरी टोलीले बरामद गरेको थियो ।

यसअघि गत बिहीबार राति फ्लाई दुबईकै जहाजबाट काठमाडौं आएका यात्रुबाट १४ किलो सुन बरामद भएको थियो । सरकारले उक्त सुन तस्करी प्रकरणबारे छानबिन गर्न प्रमुख भन्सार अधिकृत मनिराम पौडेलको संयोजकत्वमा ६ सदस्यीय समिति गठन गरेको छ ।