सामान्य प्रशासन मन्त्री अनिता देवी माइतीघरबाट पक्राउ

सामान्य प्रशासन मन्त्री अनिता देवी माइतीघरबाट पक्राउ



काठमाडौं । सामान्य प्रशासनमन्त्री अनिता देवीलाई प्रहरीले माइतीघरमण्डलबाट पक्राउ गरेको छ ।

धोती दिवस मनाउन माइतीघरमण्डल गएका बेला निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले जनमत पार्टीका अध्यक्ष सिके राउत, पूर्वखानेपानी मन्त्री अब्दुल खान र पार्टीका अरु नेताहरुसहित ५३ जनालाई पक्राउ गरेको हाे । त्यसक्रममा सामान्य प्रशासन मन्त्री अनिता देवी पनि पक्राउ परेकी छन् ।

प्रहरीले उनलाई नेपाल पुलिस क्लब, भृकुटीमण्डपमा राखेको छ । माइतीघरदेखि नयाँबानेश्वरसम्म स्थानीय प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको छ ।

साँझसम्ममा उनीहरुलाई छाडिने प्रहरीले जनाएको छ । जनमत पार्टीकी नेतृ अनिता देवी २९ साउनमा सामान्य प्रशासन मन्त्री नियुक्त भएकी थिइन् ।