सुदूरपश्चिमलाई हराउँदै काेशी प्रधानमन्त्री कप क्रिकेटकाे फाइनलमा

सुदूरपश्चिमलाई हराउँदै काेशी प्रधानमन्त्री कप क्रिकेटकाे फाइनलमा



काठमाडौँ । सुदूरपश्चिम प्रदेशलाई हराउँदै काेशी प्रदेश प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियाेगिताकाे फाइनलमा पुगेकाे छ ।

आज साेमबार भएकाे दाेस्राे क्वालिफायरमा सुदूरपश्चिमले दिएकाे ८९ रनकाे लक्ष्य काेशीले १३ ओभरमा १ विकेट गुमाएर भेटायाे । काेशीका लागि काजल श्रेष्ठले नट आउट ३८ रन बनाइन् । यस्तै कप्तान रुबिना क्षेत्रीले ३७ रन बनाइन् । बलिङतर्फ सुदूरपश्चिमकी लक्ष्मी साउदले १ विकेट लिइन् ।

यसअघि कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ८८ रन बनायाे । सुदूरपश्चिमका लागि सम्झना खड्काले सर्वाधिक २५ रन बनाइन् । बलिङतर्फ काेशीकी सङ्गीता राईले २ विकेट लिइन् ।

अब काेशीले उपाधिका लागि सशस्त्र प्रहरी बलकाे एपीएफ क्लबसँग खेल्नेछ । फाइनल खेल पर्सि बुधवार त्रिवि क्रिकेट मैदानमा हुनेछ ।