पक्राउ परेका मन्त्री, अध्यक्ष राउतसहित जनमतका नेता–कार्यकर्ता रिहा

पक्राउ परेका मन्त्री, अध्यक्ष राउतसहित जनमतका नेता–कार्यकर्ता रिहा



काठमाडौँ । प्रहरी नियन्त्रणमा रहेका जनमत पार्टीका नेता–कार्यकर्ता रिहा भएका छन् । धोती दिवस मनाउन माइतीघर मण्डलमा भेला भएकाका बेला पक्राउ परेका जनमतका अध्यक्ष सिके राउत, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवीलगायत नेता कार्यकर्ता दिउँसो २ बजे रिहा भएका हुन् ।

महेन्द्र पुलिस क्लबमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ आफैं पुगेर रिहा गरेको जनमत पार्टीका सचिव बिपी साहले जानकारी दिए ।

‘गृहमन्त्री नारायणकाजी श्रेष्ठ आउनुभएको थियो । उहाँले आफैंले हात समातेर अध्यक्षज्यूलाई उठाएर बाहिर ल्याउनुभयो,’ साहले भने, ‘हामी ६३ जना नै रिहा भयौं ।’

‘धोती’लाई राष्ट्रिय पोशाकको मान्यता दिइनुपर्ने माग राख्दै जनमतले सोमबार माइतीघर मण्डलमा प्रदर्शन गरेको थियो । निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै प्रहरीले अध्यक्ष राउत, मन्त्री अनिता देवीसहित नेता कार्यकर्ता पक्राउ गरेर पुलिस क्लबमा राखेको थियो ।