काठमाडौँ । बालकुमारी घटनाका पीडित परिवार र सरकारबीच चार बुँदे सहमति भएको छ । सरकार, गृह मन्त्रालयको प्रतिनिधि, मृतक परिवारका प्रतिनिधिबीच छलफल गरी सहमति गरिएको हो ।
मृतकका परिवारका १/१ जनालाई उपयुक्त खालको रोजगारी यथाशीघ्र दिलाउन सरकार सहमत भएको छ । परिवारका सदस्यहरूसँगको सल्लाहमा यस्तो रोजगारी दिने सहमतिपत्रमा उल्लेख छ ।
मृतक वीरेन्द्र शाह र सुजन रावतलाई शहीद घोषणाका लागि गृह मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अनुरोध गर्ने पनि सहमतिपत्रमा उल्लेख छ ।
मृतकको शव आजै बुझेर सम्बन्धित जिल्लामा पठाउने सहमति पनि भएको छ । यो घटनामा दुई जनाको मृत्यु भएको थियो । यसको छानबिन गर्न सरकारले उच्चस्तरीय छानबिन आयोगसमेत गठन गरेको छ ।



प्रतिक्रिया