सिमेन्टको भाउ घट्यो, पुरानै मूल्य कायम

सिमेन्टको भाउ घट्यो, पुरानै मूल्य कायम



काठमाडौं । केही समय अगाडि सिमेन्टको मूल्य प्रति बोरा रु. एक सय वृद्धि भएकोमा हाल पुरानै मूल्य कायम गरिएको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ ।

महासंघका महासचिव रोशन दाहालले मंगलवार विज्ञप्ति मार्फत् सिमेण्टको पुरानै मूल्य कायम गरिएको जानकारी दिएका छन् ।

राज्यबाट व्यवसायीले निर्माण कार्य गरेको भुक्तानी नपाएको कारण समग्र निर्माण उद्योग नै समस्याग्रस्त रहेको विषम परिस्थितिलाई मध्यनजर गरी महासंघको आग्रहमा नेपाल सिमेण्ट उत्पादक संघ लगायत सिमेन्ट उद्योगीहरूले मुल्यवृद्धि घटाई पुरानै अवस्थामा कायम गरिएको महासंघको भनाइ छ ।

महासंघको आग्रह बमोजिम मूल्य घटाइदिएकोमा विज्ञप्तिमा नेपाल सिमेन्ट उत्पादक संघ लगायत सिमेन्ट उद्योगीहरूलाई हार्दिक धन्यवाद दिइएको छ । त्यस्तै महासंघले मुल्यवृद्धि घटाउन आवश्यक पहल तथा समन्वय गरिदिने नेपाल सरकारका सबै सम्बन्धित निकायहरूप्रति कृतज्ञता व्यक्त गरेको छ ।

साथै महासंघको समस्या समाधानका लागि सदा झै महत्वपूर्ण भूमिका निर्वाह गरिदिने समस्त सञ्चार माध्यमहरूप्रति महासंघले विज्ञप्ति मार्फत् विशेष आभार व्यक्त गरेको छ ।