लेबनानको राजधानी बेरुतमा भएको विष्फोटमा हमासका उपनेता सालेह अल-अरौरीको मृत्यु भएको छ । हमास नेतृत्व विरुद्ध इजरायलले गरिरहेको सर्जिकल स्ट्राइकका क्रममा लेबनानमा हमासका उपनेता अरौरीको मृत्यु भएको हो ।
इजरायलले यो घटनालाई लेबनान विरुद्धको आक्रमण नभएको जनाएको छ । इजरायली प्रवक्ता मार्क रेभेभले लेबनानको बेरुतमा घटना भए पनि यो विशुद्ध हमास विरुद्धको आक्रमण भएको प्रस्ट्याउनु भएको छ । हमासले आफ्ना नेता मारिएकोमा इजरायलको निन्दा गरेको छ । हमासको सहयोगी हेजबुल्लाहले भने यो घटनालाई लेबनानको सार्भभौमसत्ता विरुद्धको आक्रमण भएको बताएको छ ।
यसैबीच लेबनानका प्रधानमन्त्रीले भने इजरायलले लेबनानलाई टकरावमा तान्न खोजेको आरोप लगाउनु भयो । लेबनानी संचार माध्यमहरुका अनुसार हमासका उपनेताका साथै अन्य दुई हमास सैन्य कमाण्डर र चार सदस्य गरी थप ६ जना ड्रोन आक्रमणमा मारिएका हुन् । उपनेता अरौरी लेबनानमा आफ्नो समूह र हिजबुल्लाहबीचको सम्बन्धको रूपमा काम गरिरहेका थिए ।


प्रतिक्रिया