काठमाडौँ । नेकपा (एमाले)ले सचिवालय बैठक बाेलाएकाे छ । बैठक केन्द्रीय कार्यालय च्यासलमा शुक्रबार १२:४५ बजे बस्ने गरी बाेलाइएकाे प्रचारविभाग प्रमुख राजेन्द्र गाैतमले जानकारी दिए ।
बैठकमा राष्ट्रियसभा निर्वाचनलगायतका विषयमा छलफल हुने छ । एमालेले सत्ता गठबन्धनसँग पनि राष्ट्रियसभा निर्वाचनबारे छलफल गरिरहेको छ । सत्ता गठबन्धनको बैठक बिहीबार विहान ९ बजे बोलाइएको छ । यो बैठकले एमालेलाई पनि समेटेर जाने कि सत्ता गठबन्धनमा मात्र भागवण्डा गर्ने तय गर्ने बताइएकाे छ ।
राष्ट्रियसभाका २० सदस्यको कार्यकाल २० फागुनमा सकिनेछ । जसमा राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनासहित ९ जना एमालेबाट निर्वाचित सदस्य छन् ।


प्रतिक्रिया