इरानको बिष्फोटमा मारिनेको संख्या १०३ पुग्यो

इरानको बिष्फोटमा मारिनेको संख्या १०३ पुग्यो


ग्लोब नेपाल
54
Shares

तेहरान । इरानको केरमान सहरमा दुईवटा शक्तिशाली विस्फोट हुँदा मृत्यु हुनेको संख्या १०३ पुगेको छ । सो घटनामा परी  १ सय ७० भन्दा बढी घाइते भएका छन् । विस्फोटहरू देशका पूर्व जनरल कासिम सुलेमानीको चिहान नजिक भएको थियो। 

सुलेमानीको अमेरिकाले सन् २०२० मा ड्रोन आक्रमण गरी हत्या गरेको थियो । सुलेमानीको चिहान नजिकै भएको विष्फोटमा ठूलो मानवीय क्षति भएको हो । केरमान सहरको साहेब अल-जमान मस्जिद नजिकैको जुलुसमा विस्फोट भएको थियो ।

घटनामा सय भन्दा बढी घाइते भएका छन् । केहीको अवस्था गम्भीर रहेको बताइएको छ । आक्रमणको जिम्मेवारी अहिलेसम्म कसैले पनि लिएको छैन । तर आतंकवादीले विष्फोट गराएको आशंका गरिएको छ ।

घटनास्थलको अवस्था भयावह देखिनुका साथै एम्बुलेन्सहरु दौडिरहेको दृश्य सार्वजनिक भएका छन् । इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीले आतंकवादी आक्रमणलाई कठोर जवाफ दिइने प्रतिवद्धता जनाउनु भएको छ । यो घटनालाई ४२ वर्षमा इरानमा भएको सबैभन्दा घातक आक्रमणका रुपमा हेरिएको छ ।