अरुणलालको यो विवाह विश्वमै चर्चित

अरुणलालको यो विवाह विश्वमै चर्चित


ग्लोब नेपाल
567
Shares

नयाँदिल्ली । भारतीय क्रिकेट टोलीका पूर्व दिग्गज क्रिकेटर अरुणलाल र उनकी दोस्रो पत्नी बुलबुल साहको जोडीलाई धेरैले अनौठो मानेका छन् । गत वर्ष अरुणलालले गरेको दोस्रो विवाह उमेर समूहले गर्दा अनौठो देखिएको हो । यो विवाहको चर्चा अहिले विश्वभरि नै छ ।

अरुणलालले आफूभन्दा २८ वर्ष कान्छी प्रेमिका बुलबुल साहसँग ६६ वर्षको उमेरमा दोस्रो विवाह गरेका हुन् । अरुणलाल कमेन्ट्रीमा पनि हात हालेका थिए । तर, सन् २०१६ मा उनलाई क्यान्सर भएको पत्ता लाग्यो, त्यसपछि उनले कमेन्टरी छोडे । हाल अरुणलाल बंगाल क्रिकेट टिमका प्रशिक्षक समेत रहेका छन् ।