लुम्बिनी । राष्ट्रियसभा सदस्य निर्वाचनको लागि नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीले प्रदेशबाट ६ जनालाई सिफारिस गरेको छ ।
६ जनामा तीन पुरुष र तीन महिला छन् । पार्टी प्रदेश कमिटीको सचिवालय बैठकले पाल्पाका झपेन्द्र जीसी, कपिलवस्तुका सफर अलि मिया र शारदा शर्मा, बर्दियाकी कृष्णकुमारी गुरुङ, दाङकी तुलसा केसी र बाँकेकी एकमाया विश्वकर्मालाई सिफारिस गरेको हाे ।
नेकपा एमालेका कुमार दशौंदी र नेपाली कांग्रेसकी अनिता देवकोटाको पदावधि सकिन लागेकाले लुम्बिनी प्रदेशबाट २ सीटमा निर्वाचन हुँदैछ ।
प्रतिक्रिया